ट्रेण्डिङ

होमपेज / अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

नेपालगाथा २०७७ फाल्गुण २६ गते बुधबार १२:१७:५२ मा प्रकाशित

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । मंगलबार ६ सय रुपैयाँले नै घटेको सुनको भाउ बुधबार पुनः बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि छापावाल सुनको प्रतितोला मूल्य ८६ हजार २ सय रुपैयाँ तोकेको छ । तेजावी सुनको कारोबार मूल्य ८५ हजार ७५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top