ट्रेण्डिङ

होमपेज / अर्थ

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीकाे आइपिओ निष्कासन ,५ लाख ९४ हजारले पाउने

नेपालगाथा २०७७ फाल्गुण २१ गते शुक्रबार १०:०७:०४ मा प्रकाशित

काठमाडौ  ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासन भएकाे छ। कम्पनीले आइतबारदेखि आइपिओमा आवेदन खोल्ने भने पनि सिडिएस एण्ड क्लियरिङको आग्रहपछि आजदेखि नै बिक्री खुल्ला गरिएको छ। 

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँबराबरको ६६ लाख कित्ता सेयर साधारण सेयर निष्कासन गरेकाे छ। कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता नै कर्मचारीको लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेकाे छ। 

आइपिओ भर्नेमध्ये ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले पाउने छन्। पछिल्लो समय आइपिओ भर्नेको संख्या १५ लाख नाघ्ने गरेको छ, यस हिसावमा यो कम्पनीमा आवेदन दिनेमध्ये ९ लाख भन्दा धेरैको  हात रित्तो हुनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top