ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा एक हजार सात सय ​​​​​​​रुपैयाँ घट्यो

नेपालगाथा २०७७ फाल्गुण १८ गते मंगलबार ११:१२:०३ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य तोलाको ८८ हजार सात सय थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार सात सय रुपैयाँले घटेर ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार दुई सय ५० रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top