ट्रेण्डिङ

होमपेज / अर्थ

 महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँट 

नेपालगाथा २०७७ फाल्गुण १४ गते शुक्रबार ११:५३:२३ मा प्रकाशित

काठमाडौँ– महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज  बाँडफाँट भएको छ। लघुवित्तको आइपीओ आज बिहान ८ बजे बाँडफाँट भएकाे हाे  ।

लघुवित्तको आइपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको थियाे । १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात् २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको थियाे ।

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन । १५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित भएका छन  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top