ट्रेण्डिङ

होमपेज / अर्थ

विश्वको सबैभन्दा धनी व्यक्ति अमेजनका मालिक जेफ बेजोस भए

नेपालगाथा २०७७ फाल्गुण १४ गते शुक्रबार ११:४०:३३ मा प्रकाशित

काठमाडौं ।  विश्वको सबैभन्दा धनी व्यक्ति अमेजनका मालिक जेफ बेजोस भएका छन् ।गत जनवरीमा बेजोसलाई उछिन्दै विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका थिए ।

तर मस्क सो सूचीको शीर्षस्थानमा एक महिना मात्र टिके । जनवरीको सुरुआतको तुलनामा मस्कको कम्पनी टेस्लाको शेयर मूल्यमा २० प्रतिशतले गिरावट आएको छ ।टेस्लाको शेयरमा गिरावट आएपछि मस्क विश्वकै सर्वाधिक धनी व्यक्तिको सूचीमा दोस्रो नम्बरमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top