होमपेज / अर्थ
काठमाडाैँ। बुधबार कारोबार सूचक नेप्सेको सिस्टममा समस्या देखिएको छ । कारोबार २० मिनेटदेखि नेप्सेको सिस्टममा समस्या देखिएको हो ।
सेन्सिटिभ सूचक हरियाे हुँदा नेप्से परिसूचक भने ६० अंकले घटेको देखियो। सामान्यतः नेप्से र सेन्सेटिभ सूचकबीचको अन्तर त्यति ठूलो देखिँदैन। बुधबार कारोबार सुरु हुनासाथ बेच्ने लगानीकर्ताको चाप बढ्दा अर्डर राख्न समस्या भएको थियो । चाप अत्याधिक भएपछि नेप्सेको सफट्वेयरले थेग्न नसक्दा समस्या आएको हो । सफट्वेयरको समस्याले शेयर मूल्य घटेपछि शेयरमा चलखेल भएको भन्दै लगानीकर्ता अत्तालिएका छन् ।
निफ्राको सेयर कारोबारमा समस्या देखिएकै कारण सो कम्पनीको कारोबार आजका लागि स्थगित भएको छ।निफ्राको हिजो कारोबार बन्द हुँदा मूल्य प्रतिकित्ता ५९४ रुपैयाँ कायम भएको थियो। एक प्राविधिकका अनुसार सिस्टमले आज कारोबार खुल्दा त्यो कम्पनीको अन्तिम बजार मूल्यलाई ५९४ रुपैयाँ देखाउनुपर्नेमा ‘जीरो’ कायम गर्यो।
टिएमएसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर कारोबार बन्द भए पनि अन्य कम्पनीको भने शेयर कारोबार भइरहेको छ । टिएमएसमा समस्या देखिएपछि सामाधानको प्रयास भइरहेको नेप्सेले जनाएको छ ।