ट्रेण्डिङ

होमपेज / अर्थ

ज्योति विकास बैंकले दियो समारी स्वास्थ्य चौकीलाई बेबी वार्मर

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार १२:१३:२३ मा प्रकाशित

काठमाडौँ । ज्योति विकास बैंकले समारी स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत ‘हाम्रो विकास प्रवर्द्धन कोष’बाट सामरी स्वास्थ्य चौकी म्यागङ गाउँपालिका वडा नं. ५ सामरी, नुवाकोटलाई एक–एक थान बेबी वार्मर प्रदान गरेको हो।

राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ। बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल, बैंकका सामरी शाखाका शाखा प्रबन्धक सुजन बज्राचार्य र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्त रुपमा म्यागङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष आशा तामाङ र सामरी स्वास्थ्य चौकीका इन्चार्ज डम्बर न्यौपानेलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।

बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल– कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल – नवलपुर, महाकाली अञ्चल अस्पताल –कञ्चनपुर, प्युठान जिल्ला अस्पताल–प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र–महोत्तरी, आम्दा अस्पताल–झापा, जिल्ला अस्पताल–खोटाङ्ग र सामरी स्वास्थ्य चौकी–सामरीलाई एक–एक थान बेबी वार्मर प्रदान गरि हालसम्म ८ वटा बेबी वार्मर प्रदान गरिसकेको जनाएको छ।

बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धिधत राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख रुपैयाँ प्रदान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top