ट्रेण्डिङ

होमपेज / अर्थ

सुनकाे मूल्य आज पनि ताेलामा एक हजार रुपैयाँ घट्याे

नेपालगाथा २०७७ फाल्गुण ७ गते शुक्रबार ११:४५:०० मा प्रकाशित

काठमाडाैँ । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार रुपैयाँले ओरालो लागेर ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुनको मुल्य आज ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैँया घटेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top