ट्रेण्डिङ

होमपेज / अर्थ

लक्ष्मी बैंकको स्मार्ट फोन कर्जा शुरु

नेपालगाथा २०७७ फाल्गुण ५ गते बुधबार १३:३९:०३ मा प्रकाशित

काठमाडौँ । लक्ष्मी बैंकले पहिलोपटक सोही बैंकका बचतकर्ताका लागि स्मार्ट फोन कर्जा सेवा शुरु गरेको छ । एफ् वान सफ्टवेयरसँगको सहकार्यमा बचत कर्ताले रु दुई लाखसम्मको कर्जा लिन सक्नेछन् । कर्जा प्राप्त गर्नका लागि कुनै प्रकारको धितोको आवश्यकता छैन । ऋणीले कर्जा प्राप्त गर्नका लागि बचतकर्ताले बैंकसँग गरेको कारोवारका आधारमा कर्जा उपलब्ध गराइने छ ।

कर्जाको अवधि ३० दिनसम्मका लागि निर्धारण गरिएको छ । कर्जाको माग डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ । कर्जा पूर्व स्वीकृत हुने हुँदा कर्जाको रकम सिधै बचतकर्ताको खातामा जम्मा गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top