होमपेज / अर्थ
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य तोलाको ९० हजार ९ सय थियो। तेजाबी सुनको मूल्य तोलामा एक हजार ५० रुपैयाँले घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९० हजार चार सयल रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयााले घटेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।