होमपेज / अर्थ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सामान्य गिरावट आएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज सुनको मूल्य तोलामा एक सयले घटेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ८ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९० हजार ३ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १३२० मा कारोबार भएकोमा आज मूल्य बढेर प्रतितोला १३३५ पुगेको महासंघले जनाएको छ ।