होमपेज / अर्थ
काठमाडौँ । सानिमा बैंक लिमिटेडले काठमाडौँको टोखा‐६ (ग्रान्डि हस्पिटल नजिकै) मा, बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त कार्यालयको उद्घाटन् ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले गरेका हुन्।
उद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुप्रति निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १६ विस्तारित काउन्टर र ९० वटा ए.टि.एम. संचालनमा रहेका छन्।