ट्रेण्डिङ

होमपेज / अर्थ

तोलाको १५ सय बढ्यो सुनको मुल्य

नेपालगाथा २०७७ माघ २७ गते मंगलबार १२:०१:३२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। सोमबार छापावाल सुन तोलाको ९० हजार ४ सय कायम भएकोमा आज  १ हजार ५ सयले बढेर ९१ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ४ सय निर्धारण भएको छ।

सुनको मूल्यमा भारी वृद्धि हुँदा चाँदीको मूल्य पनि केही बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैंयाले बढेर आज प्रतितोला १३ सय ४० कायम भएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top