ट्रेण्डिङ

होमपेज / अर्थ

आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

नेपालगाथा २०७७ माघ २० गते मंगलबार १५:४५:४३ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) उछाल आएको छ । हिजो (सोमबार) पनि नेप्से ३७.७० अंकले बढेको थियो । नेप्सेका अनुसार आज नेप्से ६५.४९ अंकले बढेर दुई हजार चार सय ७३ दशमलब ७४ विन्दुमा पुगेको छ । यो बिन्दु हादसम्मकै उच्च हो । यसअघि माघ १२ गते दुई हजार चार सय ४० दशमलब ८७ विन्दुमा पुगेको थियो ।    

त्यस्तै, आज ८ अर्ब बढीको कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये होटलबाहेक अन्य सबै समूह बढेका छन् । आज २० भन्दा बढी कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्य उच्च बढ्नेमा युनाइटेड इन्स्योरेन्स, प्रभु लाईफ, सपोर्ट माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त, गुँरास लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायन्स इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, माउन्टेन इनर्जी रहेका छन् ।

त्यसैगरि, आज जनरल इनस्योरेन्स, प्रोडुन्सल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, ग्लोबल आईएमई, एभरेष्ट इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, आरएसडिसि लघुवित्त र उन्नती सहकार्य लघुवित्त रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top