होमपेज / अर्थ
काठमाडौँ। नेपाली बजारमा आज सुनको मुल्यमा वृद्धि भएको छ । सोमबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बृद्धि भएको हो । आइतबार सामान्य बृद्धि भई प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छपावाला सुनको मुल्य आज सोमबार ५ सय रुपैयाले बढेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्सैगरी आज चाँदी तोलामा ८० रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि चाँदीको मुल्य वृद्धि भई प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।