होमपेज / अर्थ
काठमाडौँ । सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।