ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भोलि शुक्रबार बाँडफाँड हुने,कसलाइ कति पर्ला ?

नेपालगाथा २०७७ माघ १५ गते बिहीबार ०७:००:२९ मा प्रकाशित

काठमाडाैँ।  नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । बुधरबार प्रि अलोटमेन्ट सकिएपछि बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले भोलि बिहान १० बजे शेयर बाँडफाँड गर्ने भएको हो ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०।२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

आवेदन गर्ने सबैले कम्तीमा ५० कित्ता सेयर पाउने भएका छन् ।५० कित्तासम्म माग गर्नेला२ मागेजति नै वितरण गरेर बाँकी रहेको सेयर गोला प्रथाबाट ५० कित्ताभन्दा बढी सेयरमा आवेदन गर्नेला२ वितरण हुनेछ । यसअनुसार अधिकतम ६० कित्तासम्म सेयर पाउने देखिएको छ ।

बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन् । बैंकले ठुलो भोलुममा शेयर निष्काशन गरेकोले शेयरमा आबेदन गर्ने सबैले न्युनतम ५० कित्ता शेयर पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top