ट्रेण्डिङ

होमपेज / अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

नेपालगाथा २०७७ माघ १३ गते मंगलबार ११:२७:२२ मा प्रकाशित

काठमाडौं। स्थानीय बजारमा आज (मंगलबार) पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top