ट्रेण्डिङ

होमपेज / अर्थ

मेगा बैंकले कुवेतमा सुरु गर्‍यो ‘मेगा रेमिट’ सेवा

नेपालगाथा २०७७ माघ १२ गते सोमबार १९:४०:३८ मा प्रकाशित

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमीट’सेवा विस्तार गरेको छ। मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमीट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो। लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ।

लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ । नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ।

‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो । मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने व्यवस्था मिलाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top