ट्रेण्डिङ

होमपेज / अर्थ

घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपालगाथा २०७७ माघ १२ गते सोमबार १२:४८:५१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ घटेको छ । सोमबार तोलामा दुई सयले सुनको मूल्य घटेको हो । सोमबार सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो छापावाल सुन प्रतितोला ९२ हजार ६०० ले कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने यथावत छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य हिजो पनि घटबढ भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top