ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मुल्यमा सामान्य गिरावट

नेपालगाथा २०७७ माघ ९ गते शुक्रबार १२:१३:१२ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ६०० ले बढेर शुक्रबार फेरि घटेको हो । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको ९२ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबारका लागि ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो भने बिहीबार ९३ हजार १०० रुपैयाँ कायम थियो । तेजाबी सुनको मूल्य शुक्रबारका लागि प्रतितोला ९२ हजार ४०० रुपैयाँ तोकिएको छ ।

यसदिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ६० रुपैयाँ कायम भएको छ । चाँदी हिजो १५ रुपैयाँले महँगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top