ट्रेण्डिङ

होमपेज / अर्थ

आईपीओमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले दिए आवेदन

नेपालगाथा २०७७ माघ ६ गते मंगलबार १८:५६:५८ मा प्रकाशित

काठमाडौँ । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।यस अघि चन्द्रागिरी हिल्स लिमिटेडमा १२ लाख ७७ हजारले आईपीओका लागि आवेदन दिएका थिए ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट खुलला गरिएको थियो । ८ अर्ब रुपैयाँको आईपीओका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रकमको माग भएको बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top