होमपेज / अर्थ
काठमाडौँ । सुनको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ थियो। तेजावी सुनको मूल्लय तोलामा पनि चार सय रुपैयाँले बढेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।