ट्रेण्डिङ

होमपेज / अर्थ

साताको पहिलो दिन ७०० ले घट्यो सुन

नेपालगाथा २०७७ माघ ४ गते आइतबार १५:३२:२२ मा प्रकाशित

काठमाडौं । साताको पहिलो दिन आज (आर्इतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ।  शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ। छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ५ सय रुपैया थियो।

सात सय रुपैयाले नै घटेको तेजावी सुनको मूल्य आज ९१ हजार ३ रुपैया निर्धारण गरिएको महासंघले जनाएको  छ। महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाले घटेर १२ सय ३० रुपैयामा कारोवार भइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top