ट्रेण्डिङ

होमपेज / अर्थ

बहुप्रतिक्षित नेपालकै इतिहासमा हालसम्मकै ठूलो आईपीओमा हिजोबाट आवेदन खुल्याे

नेपालगाथा २०७७ माघ ३ गते शनिबार १०:२२:३३ मा प्रकाशित

काठमाण्डौ । बहुप्रतिक्षित नेपालकै इतिहासमा हालसम्मकै ठूलो आईपीओमा हिजो  शुक्रबारबाट आवेदन खुलेको छ। हालसम्मकै ठूलो आईपीओमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड निफ्रा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हिजो आवेदन खुला गरेको हो।

यो आईपीओले केही दिनयता प्राथमिक बजारमा  तहल्का नै मच्चाएको छ । बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ ।

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओमा करिब ६० देखि ७० कित्ता पक्कापक्की हात पर्ने र न्यूनतम रु। ५०० प्रतिकित्ताका दरले दोस्रो बजारमा बेच्ने आशामा प्राथमिक बजारमा बेग्लै रौनकता छाएको देखिन्छ। सीडीएससीको तथ्यांकअनुसार हालसम्म ७६ डीपीमार्फत डिम्याट खाता खोल्नेको संख्या २४ लाख १६ हजार ४८० पुगिसकेको छ र यो बढ्ने क्रम तीव्र छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top