होमपेज / अर्थ
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा चार सयका दरले बृद्धि भएको हो। शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै अघिल्लो दिन ९१ हजार ६ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।