होमपेज / अर्थ
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रति तोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रति तोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।