होमपेज / अर्थ
काठमाडाैं । नेपाल प्रेस युनियनले मोटरसाइकल दुर्घटनामा घाइते पत्रकार कृष्ण थापालाई आर्थिक सहयोग गरेको छ । नुवाकोटमा पुस २० गते दुर्घटना परी गम्भीर घाइते भएका थापाको उपचारका लागि युनियन युरोप शाखाले उठाएर पठाएको ३१ हजार रुपैयाँ बिहीवार हस्तान्तरण गरिएको हो ।
युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेलको अगुवाईमा संकलित रकम बिहीवार युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय सदस्य युवराज गौतमले घाइते पत्रकार थापाकी पत्नीलाई हस्तान्तरण गरे । युनियन रसुवाका पूर्व अध्यक्ष एवं कान्तिपुर संवाददाता समेत रहेका घाइते पत्रकार थापाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । युनियनले आर्थिक अवस्था कमजोर भएका थापाको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । रासस ।