होमपेज / अर्थ
काठमाडौ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले बिहीबार संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा तथा सुशासन ९व्यवस्थापन तथा संचालन० ऐन २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७६र०७७ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन् ।राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले संविधानको २६६ को उपधारा ९३० बमोजिम राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।