ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो

नेपालगाथा २०७७ पौष २३ गते बिहीबार ११:३८:५२ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य बिहीबार घटेको छ। छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाला सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार तीन सय रुपैयाँले घटेर ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार दुई सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top