ट्रेण्डिङ

होमपेज / अर्थ

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

नेपालगाथा २०७७ पौष २१ गते मंगलबार १२:१९:५६ मा प्रकाशित

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सो सुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ । चाँदी प्रतितोला रु एक हजार ३२५ मा सोमबार कारोवार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top