ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा आठ सय रुपैयाँ बढ्यो

नेपालगाथा २०७७ पौष २० गते सोमबार १३:१४:३९ मा प्रकाशित

काठमाडौँ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top