होमपेज / अर्थ
काठमाडौ । नेपाल राष्ट्र बैंकले २५ करोड रुपियाँ बैंक तथा वित्तीय संस्थामा २७७ दिने मुद्दतीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकोले उक्त रकमलाई आगामी फागुन १ गतेदेखि २०७८ भदौ ३१ गतेसम्मको लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।केन्द्रीय बैंकले २० करोड रुपियाँ बराबरको मुद्दती निक्षेप वाणिज्य बैंकमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा ३ करोड ७५ लाख रुपियाँ र वित्त कम्पनीहरुमा १ करोड २५ लाख रुपियाँ बराबरको रकम लगानी गरिने छ ।
राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरुले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई पुस २० गते दिउँसो ३ बजे भित्र पेश गर्न भनेको छ ।