ट्रेण्डिङ

होमपेज / अर्थ

नेपाल राष्ट्र बैंकले भोलि दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरिँदै

नेपालगाथा २०७७ पौष १२ गते आइतबार २१:०९:०८ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ। बैंकका अनुसार रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो।

सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ। यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो। सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ। बैंकले यसअघि पुस ६ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top