होमपेज / अर्थ
काठमाडौँ । सुनको मूल्य शुक्रबार पनि एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलाको बिहीबार ९३ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य स्थिर रही तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।