ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य केही बढ्यो

नेपालगाथा २०७७ पौष ९ गते बिहीबार १३:४४:३४ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य बिहीबार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि एक सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलाको बुधबार ९३ हजार पाँच सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top