ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

नेपालगाथा २०७७ पौष ८ गते बुधबार १२:३४:४४ मा प्रकाशित

काठमाडौँ  । सुनको मूल्य बुधबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइहरको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले घटेर ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलाको मंगलबार ९४ हजार चार सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर १२ सइ ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top