ट्रेण्डिङ

होमपेज / अर्थ

कर्णाली प्रदेश अटो मोवाईल एसोसिएसनको अध्यक्षमा भण्डारी

नेपालगाथा २०७७ पौष ५ गते आइतबार १७:४१:०७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश अटो मोवाईल एसोसिएसन अफ नेपालको अध्यक्षमा भद्र भण्डारी सर्वसम्मत चयन भएका छन् । वीरेन्द्रनगरमा आइतबार भएको भेलाले सुर्खेत उद्योग वाणिज्य संघका कोषाध्यक्ष भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

उपाध्यक्षमा सैयद अन्वर अली, दुई पाङग्रे बिक्री वितरणका तर्फबाट उपाध्यक्ष गोविन्द पौडेल र विभिन्न गाडी मोटरसाइकलका पार्ट्स बिक्री वितरकतर्फबाट उपाध्यक्षमा रमेश पौडेल चयन भएका छन् ।

यस्तै महासचिवमा प्रकाश शाही, सचिव ईन्द्रबहादुर खड्का र कोषाध्यक्ष सुशील रेग्मी रहेका छन् । सदस्यहरुमा राजु शर्मा र यमालाल आचार्य चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top