ट्रेण्डिङ

होमपेज / अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालगाथा २०७७ मंसिर २८ गते आइतबार २१:०७:१७ मा प्रकाशित

काठमाडौं । डिजेल, पेट्रोल र मटितेलको मूल्य बढेकोे छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मटितेलमा दुई र दुई रुपैयाँले मूल्य बढाएको हो। नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलको खुद्रा बिक्री मूल्य  १०७ रहेको थियो भने डिजेल र मटितेलको मूल्य ८९ प्रतिलिटर रहेको थियो।

निगमको नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य  १०८ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य ९१ प्रतिलिटर भएको छ। डिसेम्बर १ मा भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य बढेर प्राप्त भएका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top