होमपेज / अर्थ
काठमाडाैँ । स्थानीय बजारमा आज (बिहीबार)पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो ।यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ ।
बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।