ट्रेण्डिङ

होमपेज / अर्थ

बजारमा सुनचाँदीको मूल्यमा गिरावट

नेपालगाथा २०७७ मंसिर २४ गते बुधबार ११:३०:२८ मा प्रकाशित

काठमाडौं । बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बुधवार स्थानिय बजारमा पहेंलो धातुको मूल्य प्रतितोला रू. ७०० ले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९३ हजार ४०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ७०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ९५० मा कारोबार भएको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९३ हजार ६५० मा कारोबार भएको थियो । यस्तै, सोमवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार चाँदी प्रतितोला रू. एक हजार २३५ मा कारोबार भएको थियो । बुधवार चाँदी रू. एक हजार २१५ मा कारोबार भइरहेको छ । गत कारोबारको दिनको तुलनामा चाँदी रू. २० ले घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top