ट्रेण्डिङ

होमपेज / अर्थ

ग्लोबल आइएमईको सेवा इलामको माईजोगमाईमा शुरु

नेपालगाथा २०७७ मंसिर १९ गते शुक्रबार ११:३५:४६ मा प्रकाशित

इलाम । ग्लोबल आइएमई बैंकले माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिंङ सेवा सञ्चालनमा ल्याएको छ। थप एकवटा शाखारहित बैंकिंङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिंङ सेवा संख्या २३२ पुगेको छ। शाखारहित बैंकिंङ सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, टेलिकमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ।
 
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिंकङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका बैंकले यस स्थानमा शाखारहित सेवा शुरु गरेको बैकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top