होमपेज / अर्थ
काठमाडौ साताको अन्तिम दिन बिहीबार नेपाली सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड कायम गरेको छ । सातामा नेपाली सेयर बजारमा अहिले सम्मको नयाँ रेकर्ड कायम भएको हाे । नयाँ रेकर्ड कायम भएसँगैँ एकैदिन ४ अर्ब ८५ करोड रुपयौँको कारोबार भएको नेपाल स्टक एक्सचेनज नेप्से का प्रवकता मुराहरी पराजुलीले दाबी गरेका छन् ।
सेयर कारोबार उकालो लागेपछि सेयरबजारका लगानीकर्ताहरुमा हर्षउल्लास देखिएको छ भने सेयर कारोबार मापक नेप्से परिसुचक ३० अंकले उकालो लागेको छ । सेयर बजार उकालो लागेसँगै नेप्सेमा कारोबार हुने सबै उपसमुहहरु बिहीबार उकालो लागेका छन् ।
सेयर बजारको नयाँ रेकर्ड कायम भए सँगै बिहीबारको कारोबारले लगानीकर्ताहरुलाई थप हौसला प्रदान गरेको छ भने लगानीकर्ताहरु आकर्षित हुनेकुरामा नेपाल इन्भेन्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताएका छन् ।
बिहीबार सेयर कारोबार नेप्से परिसुचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ६८ दशमलव १२ अंकमा उकालो लागेको छ । सेन्सेटिभ इन्डेक्स अर्थात क वर्गका कम्पनीहरुको कारोबार पनि १.४७ प्रतिशत अर्थात ४.९८ प्रतिशतले बढेको छ ।
सेयर कारोबार ३६ अंकले उकालो लागेपछि आज दिनभर ५६ हजार ३ सय ४१ कारोबारबाट १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ किता सेयर किनबेच भएको छ । सोही क्रममा हाल सम्म नेपाली सेयर बजारको सबै भन्दा इतिहासको सबैभन्दा उच्च रहेको छ भने सेयर कारोबार रकम ६ अर्ब ११ करोड६७ लाख ३० हजार ७१ रुपैया पुगेको छ ।