होमपेज / अर्थ
सुर्खेत । प्रभु बैंक सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेत परिसरबाट सेवा विस्तार गर्ने भएको छ । बिहीबार कार्यालय परिसरमा स्थापना भएको प्रभु बैंकको शाखा कार्यालयलाई उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले कार्यालयमा प्रभु बैंकको सेवा विस्तारसँगै कार्यालयका आर्थिक गतिविधिहरुलाई बैंकिङ्ग कारोबारो गर्न सहज हुने बताउनुभयो ।
.jpg)
साथै प्रभु बैंकका प्रादेशिक कार्यालयका प्रवन्धक शरद तिमिल्सेनाले बैंकको शाखा तथा सेवा कार्यालय विस्तार गर्ने रणनीति अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सेवा विस्तार कार्यालय खोलिएको जानकारी दिनुभयो । बैंकको सेवा विस्तारसँगै जिल्ला प्रशासनमा हुने कुनै पनि राजश्वहरुलाई बैंकिङ्ग कारोबारो गर्न सहज हुने हेतुले बैंकको सेवा कार्यालय खोलिएको प्रवन्धक तिमिल्सेनाले जानकारी दिनुभयो ।
.jpg)
जिल्ला तथा कार्यालयहरुमा खोलिएका बैंकिङ्ग सुविधाले उपभोक्तालाई बैकिङ्ग कारोबारो गर्न सहज हुँदै गइरहेको छ ।