होमपेज / अर्थ
काठमाडौं । मंगलबार एकै दिन ३ हजारले बढेको सुनको मूल्य आज भने तोलामा १ सय रुपैयाँले बढेर तोलामा ९४ हजार ९ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बुधवार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। ५ रुपैयाँले बढेर चाँदी तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको छ ।