ट्रेण्डिङ

होमपेज / अर्थ

आज पनि बढ्यो सुनको भाउ

नेपालगाथा २०७७ कार्तिक २४ गते सोमबार १६:०९:११ मा प्रकाशित

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।  हिजो पाँच सयले बढेको सुन आज पनि पाँच सय नै बढेको हो। आइतबार छापावाल सुनको भाउ ९७ हजार ७ सयमा काराेबार भएकाेमा आज ९८ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ। चाँदीको भाउ १० रुपैयाँले बढेको छ। चाँदीको भाउ आइतबार तोलाको १ हजार २ सय ७५ रुपैयाँ रहेकामा सोमबार १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top