ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मूल्य बढ्याे

नेपालगाथा २०७७ कार्तिक २१ गते शुक्रबार १२:४४:५१ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार दुई सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top