होमपेज / अर्थ
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेर ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यस्तै चाँदीको मूल्य २५ रुपैयाँले बढेर १२१९ रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको थियो ।