ट्रेण्डिङ

होमपेज / अर्थ

सुनको मुल्य ९ सय रुपैयाँले बढ्यो

नेपालगाथा २०७७ आश्विन २३ गते शुक्रबार १२:३४:२१ मा प्रकाशित

काठमाण्डौ । शुक्रबार सुनको मुल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । हिजो (बिहिबार) सामान्य गिरावट आएको सुनको मुल्य आज पुन: बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको मुल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै चाँदीको मुल्य पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top