ट्रेण्डिङ

होमपेज / अर्थ

शिखर इन्स्योरेन्समा कोरोना विमा गराउने संख्यामा वृद्धि

नेपालगाथा २०७७ भाद्र १७ गते बुधबार १९:४६:१८ मा प्रकाशित

खड्क सुनार, मुगु । हिमाली जिल्ला मुगुमा रहेको शिखर इन्स्योरेन्सको कार्यालयमा कोरोना विमा गर्नेहरुको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय कर्णालीका जिल्लालगायत छिमेकी जिल्ला जुम्लामा कोभिड १९ को संक्रमण फैलिदै गएपछि मुगुमा यदि संक्रमण फैलीहालेमा वा कोरोना पोजेटिभ भेटिएमा कोरोना विमा गरेपछि कम्पनीले तोके बमोजिम बिमा रकम उपलब्ध गराउने हेतुले पछिल्लो समय मुगुमा कोरोना विमा गराउने संख्यामा वृद्धि भएको हो । 

शिखर इन्स्योरेन्स शाखा कार्यालय मुगुका प्रबन्धक रामलक्ष्मी मल्लका अनुसार नेपाल सरकारले गत चैत ११ गतेबाट लकडाउन अर्थात बन्दाबन्दि गरेको थियो । 

आर्थिक वर्ष ०७६/०७७ मा बन्दाबन्दी भएको बेला जेष्ठ महिनादेखि साउन मसान्तसम्म जम्मा २ सय १९ जनाले कम्पनीमा कोरोना विमा गरेको जनाईएको छ । 

हाल कम्पनीमा सरकारी कार्यालय लगायत अन्य गैरसरकारकी संघ संस्थाले पनि कोरोना विमा गरेका छन् । जसमा छायाँनाथ सहकारी संस्था , हिरिसडेक नेपाल , ग्रामिण सामुदायिक विकास केन्द्र (आरसिडिसि) मुगु र एक सरकारी कार्यालय स्वास्थ्य सेवा कार्यालयले कारोना विमा गरेको प्रबन्धक मल्लले जानकारी दिए ।  

हाल जिल्लामा २२ वटा पोलिसिले कोरोना विमा गरेका छन् । त्यस्तै छायाँनाथ रारा नगरपालिकाका नागरिकहरुले पारिवारिक विमा गरेका छन् ।  साथै साउन महिनादेखि भदौसम्म ५९ जनाले कोरोना विमा गरेको कम्पनीले जनाएको छ ।  
सुरुवातमा कोरोना विमा गर्नेहरुको चासो नदेखिए पनि पछिल्लो समय विमा गर्नेहरुको संख्या बढेको बताए ।

कोरोना विमा गरेका ब्यक्तिमा सङ्क्रमण देखिएमा एकलाख रुपियाँ विमा कम्पनीले भुक्तानी गर्छ । शिखर इन्सोरेन्समा विमा गराएका मध्ये अहिलेसम्म मुगुमा कसैलाई पनि कोरोना पोजेटिभ नभेटिएका कारण पाउनुपर्ने विमांक रमक नपाएको जानकारी दिए । मल्लका अनुसार प्रति ब्यक्तिले वार्षिक १ हजार कोरोना विमा शुल्क तिर्नुपर्ने हुन्छ भने पोलेसि अन्तर्गतका विमाकर्ताले ६ सय रुपैयाँ तिर्नुपर्ने मल्लको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top